मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा जारी

मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा जारी


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा जारी छ।

साँझ ७ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको हो। बैठकको मुख्य कार्यसूची सशस्त्र प्रहरी बल नेपालको चार जना डिआइजीहरूको पदावधि थप गर्ने विषय रहेको बताइएको छ। ती डिआइजीहरूको पदावधि आज राति १२ बजे समाप्त हुने भएकाले पदावधि थप्ने निर्णय गर्न बैठक बोलाइएको एक अधिकारीले जानकारी दिएका छन्।