दुई सचिवको सरुवा

दुई सचिवको सरुवा


काठमाडौँ । दुई सचिवको सरुवा गरिएको छ ।

न्याय सेवा आयोगको आजको बैठकले नेपाल न्याय सेवा राजपत्राङ्कित विशिष्ट श्रेणी सचिव वा रो सरहका दुई कर्मचारीको सरुवा गरेको हो ।

बैठकले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा कार्यरत लोकराज पराजुलीलाई महान्यायाधिवक्ता कार्यालय रामशाहपथ र महान्यायाधिवक्ता कार्यालय रामशाहपथमा कार्यरत खेमराज ज्ञवालीलाई बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग काठमाडौँमा सरुवा गरेको हो ।