काठमाडौँ । सूर्य दर्शन सहकारी ठगी मुद्दामा मुछिएका पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।
छविलाल असोज ६ गते पक्राउ गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्य दर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया