प्रमुख प्रशासकीय अधिकृत माग गर्दै बालेनले लेखे मन्त्रालयलाई पत्र

प्रमुख प्रशासकीय अधिकृत माग गर्दै बालेनले लेखे मन्त्रालयलाई पत्र


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन माग गर्दै पत्र लेखेका छन् ।

‘काठमाडौँ महानगरपालिकामा खटिई आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानबिन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ,’ पत्र लेख्दै बालेनले भनेका छन् ।

हेर्नुहोस् मन्त्रालयलाई बालेनले लेखेको पत्र :