काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् । पृथ्वीनारायण शाहको ३०३औं जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा जलपान कार्यक्रमको आयोजना गर्दै लिङ्देनले नियमितरूपमा बोलाउनु पर्ने संसद नबोलाएर अध्यादेश ल्याउने कामले सरकार सर्वसत्तावादतर्फउन्मुख देखिएको बताए ।
देशलाई अध्यादेशको बाटोतर्फ लैजानुले सरकारको नियत स्पष्ट भएको उनले बताए । लिङ्देनले सरकारले बहुदलीय व्यवस्था र प्रजातन्त्रसमेत मास्न खोजेको आरोप लगाउँदै सशक्त प्रतिवाद गर्ने बताए । त्यस्तै उनले राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिनु उपलब्धिपूर्ण रहेको भन्दै अर्को वर्ष सरकार आफैंले दिवस मनाउनु पर्ने सुझाव दिए । जलपान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्रीहरू, विभिन्न दलका नेता कार्यकता तथा शुभेच्छुक लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया