काठामडौ । ८१ लाख खर्चेर मूलपानी किक्रेट रंगशालामा खेलाडीका लागि बनाइएको आवासीय भवन सञ्चालनमा नआउँदै तहसनहस पारिएको छ । सरकारी सम्पत्तिको यस्तो विध्वंस गरिएको छ कि मर्मतमै ५० लाख लाग्ने प्रारम्भिक अनुमान छ ।
कागेश्वरी–मनोहरा नगरपालिकाले गत असारमै निर्माण सम्पन्न गरे पनि भवन नेपाल क्रिकेट संघ ९क्यान०लाई हस्तान्तरण गरिएको थिएन । बाहिर टाढाबाट हेर्दा भवनको छानो र भित्तो सग्लो देखिए पनि भित्री भाग क्षतविक्षत पारिएको छ । नौकोठे भवनका सबै कोठा, भान्सा, शौचालयदेखि रेलिङसम्म तोडफोड गरिएको छ । कुनै पनि काम लाग्ने अवस्थामा छैनन् । झ्याल र भित्ता भुइँमा खसेका छन् ।
छानोतर्फ लगाइएको जिप्सन बोर्ड फुटाइएको छ । हरेक कोठाका भित्ता फुटाएर ह्वांग पारिएको छ । बिजुलीका तार तथा स्विच थुतिएका छन् । शौचालयको कमोट र बेसिन तोडफोड भएको छ भने ट्वाइलेटमा जोडिएको धारा चोरिएका छन् ।
प्रतिक्रिया