राष्ट्र बैंकद्वारा मनोकामना मनिचेञ्जरको इजाजत पत्र रद्द

राष्ट्र बैंकद्वारा मनोकामना मनिचेञ्जरको इजाजत पत्र रद्द


काठमाडौँ । पर्साको वीरगन्जमा रहेको मनोकामना मनिचेञ्जर वीरगन्ज प्रा.लि.को इजाजत पत्र रद्द भएको छ । नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयले यस कम्पनीको इजाजत पत्र रद्द गरेको हो ।

यस कम्पनीले भारतीय रुपैयाँ खरिद बिक्री गर्न इजाजत पत्र प्राप्त गरेको थियो । नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजत पत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्था । बमोजिम यस कम्पनीको इजाजत पत्र रद्द गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।

यस मनिचेञ्जरसँग कुनै पनि कारोबार नगर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।