काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) मा मेडिकल डाक्टरहरूले उपकुलपतिमा आवेदन दिन नपाउने भएका छन् ।
उपकुलपति छनोट समितिले बनाएको कार्यविधि खारेजीको माग राखेर डाक्टरहरू सर्वोच्च अदालत गएका थिए । तर, आइतबार अदालतले अन्तरिम आदेश जारी नहुने फैसला गरेपछि डाक्टरहरूले उपकुलपतिका लागि आवेदन दिन नपाउने भएका हुन् ।
उपकुलपति छनोट समितिले बनाएको कार्यविधिमा असहमति जनाउँदै डाक्टरहरू अदालत गएका थिए ।
कार्यविधिका मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनु पर्ने भनिएको छ । यो व्यवस्थामा मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस नसमेटिने डाक्टरहरूको भनाइ छ ।
उपकुलपतिका लागि आवेदन दिने समय आजै सकिएको छ ।
प्रतिक्रिया