काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का गएको छ । सोमबार साँझ ६ बजेर ४४ मिनेटमा केहीबेर भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको तीव्रता र केन्द्रबिन्दुबारे केही खुलिसकेको छैन ।
यसअघि चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गत पुस २२ मा गएको ६.८ म्याग्निच्युडको भूकम्पका कारण नेपालमा १३ जना घाइते भएका थिए ।
प्रतिक्रिया