कठायत र केसी एआईजीमा बढुवा

कठायत र केसी एआईजीमा बढुवा


काठमाडौं । नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा भएका छन् । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका दुई जना डीआईजीको एआईजीमा बढुवा सिफारिस स्वीकृत गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो । बढुवा हुने एआईजी कुवेर कडायत र रविन्द्र केसी हुन् । कडायतलाई अपराध अनुसन्धान विभाग र केसीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । दुवै चैत ४ गते राति प्रहरी सेवाको ३० वर्षे अवधिका कारण अवकाश हुन्छन् ।

हालै बढुवा भएका नेपाल प्रहरीका दुई अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच नायब महानिरीक्षक (डीआईजी) ले दर्ज्यानी चिह्न समेत पाएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालयमा सोमबार दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद्को पुस २६ गतेको निर्णयअनुसार डीआईजीबाट एआईजी पदमा २ जना, गृहमन्त्रीस्तरको पुस २८ गतेको निर्णयअनुसार एसएसपीबाट डीआईजी पदमा ५ जना र गृहमन्त्रीस्तरको पुस २८ कै निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

दज्र्यानी चिह्न पाउनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कुवेर कडायत र रबिन्द्र केसी, प्रहरी नायब महानिरीक्षकहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरूण पौडेल र गोविन्द थपलिया तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरी रहेका छन् ।