काठमाडौँ । मधेश केन्द्रित राजनीतिक दलहरूको मोर्चा गठन गर्ने प्रयास स्वरूप गठित कार्यदलको पहिलो बैठक जारी छ ।
धुम्वाराहीस्थित समर्पण एकेडेमीमा बैठक चलिरहेको जनमतका प्रवक्ता शरद यादवले बताए ।
बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गर्नेछ । सरकारले संविधान संशोधनको एजेण्डा अघि सारेपछि मधेश केन्द्रित दलहरू एकजुट भएर मोर्चा बनाउने प्रयासमा छन् ।
बैठकमा जसपाबाट रेणु यादव, लोसपाबाट जीतेन्द्र सोनल र सुरेन्द्र झा, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, जनमत पार्टीबाट अब्दुल खान र शरद यादव, जन प्रगतिशील पार्टीबाट शिवजी यादव र तमलोपाबाट वृषेशचन्द लाललगायत सहभागी छन् ।
प्रतिक्रिया