काठमाडौं – नेपालले आज दोस्रो अभ्यास खेल खेल्दैछ ।
यू-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको नेपाल आज अमेरिकासँग दोस्रो अभ्यास खेल खेल्न लागेको हो ।
गत सोमबार मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १०० रन मात्र जोडेर पराजित हुन पुगेको थियो । त्यस खेलमा नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाएकी थिइन् भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिएका थिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०९ रनको योगफल तयार पारेको थियो ।
अब नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा बुधबार भने अमेरिकाको सामना गर्नेछ ।
प्रतिक्रिया