काठमाडौँ । पछिल्लो पटक स्थापना भएको पाँचतारे होटेल ‘मेक्योर काठमाडौँ’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो होटेल उद्घाटन गरे ।पर्यटन व्यवसायी देशबन्धु बस्नेतको ३ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको यो होटेलको व्यवस्थापन फ्रान्सेली होटेल व्यवस्थापन कम्पनी एकोर ग्रुपले सम्हालेको छ ।
एकोरको अन्तर्राष्ट्रिय चेन होटेल ब्रान्ड ‘मेक्योर’ को नामबाट होटेल सञ्चालनमा आएको हो । बस्नेतले यो होटेल ब्रान्ड नेपालमै पहिलो पटक भित्र्याएका हुन् ।
होटेल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकको नेपाल भ्रमण गराउन यो होटेलले योगदान दिने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायमा नयाँ स्वाद दिँदै यो व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गरे । यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने ओलीले बताए ।
प्रतिक्रिया