काँग्रेस संसदीय दलको बैठक बस्दै

काँग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो एक बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

बैठकमा सरकारको कामकारबाहीका बारेमा छलफल भइरहेको छ । सांसदहरूले मन्त्रीहरूको जवाफ पनि मागेका छन् । आज मन्त्रीहरूले आफ्नो धारणा राख्ने तयारी छ ।