थाइल्याण्डविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल

थाइल्याण्डविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल


काठमाडौँ । अन्तर्राष्ट्रिय महिला टी-२० सिरिजअन्तर्गत थाइल्याण्डविरूद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

नेपालकी कप्तान इन्दु वर्माले थाइल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेकी हुन् । नेपालको आजको खेल जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेल हो।

पहिलो खेलमा नेपाल शुक्रबार नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो।

थाइल्याण्डले शुक्रबार नेदरल्याण्ड्सविरूद्ध ८ विकेटको सानदार जित निकालेको थियो।