छात्रवृत्ति बापतको रकम सम्बन्धित कलेजलाई हस्तान्तरण गरिएको छ । माध्यमिक र स्नातक तहका विद्यार्थीको छात्रवृत्ति अस्कर कलेजका संयोजक नवनिधि दाहाल र फिल्म क्याम्पस तथा संगीत विद्यालयका प्रिन्सिपल शिशिर उप्रेतीलाई हस्तान्तरण रकम हस्तान्तरण गरियो ।
माध्यमिक तहमा १, स्नातक तह पहिलो वर्षको लागि १२ जना, विद्यावारिधिको लागि १ र दर्शनाचार्यको लागि १ जनालाई छात्रवृत्ति प्रदान गरिएको बोर्डले जनाएको छ । माध्यमिक तहको लागि १५ हजार, दर्शनाचार्य, विद्यावारिधी र स्नातक तह पहिलो वर्षको लागि ५० हजार दिइएको उल्लेख छ ।
यसबर्षबाट माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको हो । यसबर्षबाट विद्यावारिधितर्फ ३ जनालाई, स्नातकमा १३ जनालाई र माध्यमिक तर्फ ५ जनालाई छात्रवृद्धि प्रदान गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया