काठमाडौँ । पूर्वप्रधानन्यायाधीशदेखि पूर्वप्रधानसेनपतिसम्मले शपथ मर्यादाको उल्लंघन गरिरहेको भनेर संसदमा प्रश्न उठेको छ ।
पदीय जिम्मेवारी लिनु अगाडि शपथ लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार शपथ लिएर जिम्मेवारी लिने र जिम्मेवारीबाट बाहिरिएपछि शपथको मर्यादा उल्लंघन गर्ने क्रम बढेको भन्दै प्रश्न उठाइएको हो ।
‘तर, पछिल्लो समयमा यो (शपथ)को प्रतिविद्धताले हावा खाए जस्तो छ’, बस्नेतले भने, ‘राज्यका उच्चतम तहमा पुगेर पदीय जिम्मेवार वहन गरी बाहिर आएका अधिकांश महानुभावहरूलाई पनि सस्तो लोकप्रियताको भूत चढे जस्तो छ ।’
सामाजिक सञ्जालमा चर्चित हुने भोकले पदीय मर्यादा र दायित्व कम निर्वाह भइरहेको हो कि भन्ने उनको आशंका छ । भन्छन्, ‘‘सामाजिक सञ्जालमा चर्चित हुने भोकले पदीय मर्यादा, दायित्व र जिम्मेवारी कम कलाकारिता र चर्तीकलाको भूत बढी सवार भएजस्तो देखिन्छ ।’
तर, यस्तो प्रवृत्ति गलत रहेको उनले बताए । अगाडि भनेका छन्, ‘नेपाली सेनाको प्रधानसेनापतिदेखि सर्वोच्च अदालतको प्रधानन्यायाधीश, न्यायाधीश भइसकेका कतिपय महानुभावहरूलाई आत्मकथा लेख्ने र भए/नभएका दन्त्य कथा बाहिर ल्याएर चर्चाको शिखरमा पुग्ने होडबाजीले पिरोल्दैछ आज ।’
कतिपय सम्माननीय पूर्वपदाधिकारी तथा पूर्वन्यायाधीश, पूर्वप्रधानन्यायाधीशहरू मिडिया र सामाजिक सञ्जालमार्फत अनेक विवादास्पद अभिव्यक्ति दिनमा तल्लीन रहेको उनले आरोप लगाए । तर, ती को हुन भनेर खुलाएनन् ।
न्यायिक प्रक्रिया वा अदालतमा विचाराधीन मुद्दामा समेत सामाजिक सञ्जाल र सार्वजनिक मञ्चबाट अभिव्यक्ति दिँदा त्यस्तो व्यक्तिबाट विगतमा न्याय सम्पादनमा कति निष्पक्षता रह्यो भन्ने प्रश्न समेत उठेको उनले बताए ।
यस्तो प्रवृत्ति गलत रहेको र शपथमार्फत गरेको प्रतिबद्धता र मर्यादाको उल्लंघन रहेको उनले बताए । सबैले गोप्य सूचना बाहिर ल्याउने गरिए के होला भन्ने उनको प्रश्न छ ।
प्रतिक्रिया