नगर प्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार मुद्धा

नगर प्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार मुद्धा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले विशेष अदालत काठमाडौँमा आइतबार मुद्दा दायर गरेको हो ।

बस्नेत उपर बिगो आठ करोड उनन्सत्तरी लाख सतासी हजार एक सय पाँच रुपैयाँ कायम गरी गैर कानुनी आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।