काठमाडौँ । प्रतिनिधि सभाबाट सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिएको छ ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राखेको विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
सरकारले संसदीय समिति र संसदबाट छलफल गरेर पारित हुन ढिलो हुने भन्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेको थियो ।
प्रतिक्रिया