काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीको निधन भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-४ निवासी ४२ वर्षीय जोशीको काठमाडौँस्थित किष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको लेखापाल दिलेन्द्र प्रसाद जोशीले जानकारी दिए ।
आज मृतक जोशीलाई एम्बुलेन्स मार्फत महेन्द्रनगर लगिएको छ ।
प्रतिक्रिया