काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ ।
सोमबार अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी स्टेट्ससम्बन्धी जग्गाको फैसला कार्यान्वयन नगरेको भन्दै अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गराएका हुन् ।
अर्यालले गिरीबन्धुसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको, फैसला कार्यान्वयनमा अवरोध गरेको भनी अवहेलनाको निवेदन दर्ता गराएको अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
प्रतिक्रिया