२०८४ भन्दा पछाडि अधिवेशन गर्दा पार्टीमाथि वैधानिक संकट पैदा हुन्छ : प्रदीप पौडेल

२०८४ भन्दा पछाडि अधिवेशन गर्दा पार्टीमाथि वैधानिक संकट पैदा हुन्छ : प्रदीप पौडेल


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काँग्रेसको महाधिवेशन २०८४ पछि गरेर पार्टीमाथि वैधानिक संकट पार्ने अधिकार कसैलाई नभएको दाबी गरेका छन् ।

सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ भन्दा पछाडि अधिवेशन गर्दा पार्टीको वैधानिक संकट पैदा हुने बताएका हुन् ।

‘०८४ भन्दा पछाडि अधिवेशन गर्‍यौँ भने पार्टीको वैधानिक संकट हुने स्थिति हुन्छ । पार्टीमाथि वैधानिक संकट पार्ने अधिकार कसैलाई पनि छैन,’ मन्त्री पौडेलले भने ।

अहिलेका नेताहरू मात्रै सत्तामा बस्नको लागि काँग्रेस नबनेको बताउँदै पछिल्लो पुस्ताका लागि लोकतन्त्रको पहरेदार शक्तिको रूपमा सधैँ स्थापित हुनुपर्ने बताए ।

‘यो पार्टी हामी मात्रै सत्तामा बस्नका लागि होइन । पछिल्लो पुस्ताका लागि लोकतन्त्रको पहरेदार शक्तिको रूपमा सधैँ स्थापित हुनुपर्छ । ०८३ सालभित्रै अधिवेशन हुन्छ,’ उनले भने ।