आज मंगलबार, २९ माघ २०८१ (११ फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल-
मेष : मित्रसँग व्यर्थको विवाद होला। नजिकका व्यक्तिले नै कुरा काट्न सक्छन्। अनावश्यक धन खर्च हुनेछ। मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। आँटेको काम सबै पूरा नभए निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ। भाग्यशाली रङ निलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
वृष : शुभ समाचार सुन्न पाइएला। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिले राम्रै सफलता प्राप्त गर्नेछन्। कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ। अचल सम्पत्ति हात पर्न सक्छ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। उत्तर दिशा नजाने।
मिथुन : अधुरा काम पूरा हुनेछन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। सेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ। राज्यस्तरबाट लोभलाग्दा अवसर प्राप्त हुने सम्भावना छ। भाग्यशाली रङ पहेँलो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। झुट नबोल्ने।
कर्कट : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। रोकिएका काम पूरा हुनेछन्। पढाइलेखाइमा राम्रो नतिजाका साथ सफलताको सिँढी चढ्न सकिनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
सिंह : सुखदुःख बराबरी हुनेछ। यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुन सक्छ। साथीभाइ नै काम बिगार्न सक्रिय रहने देखिन्छ। सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनीयतामा ध्यान पुर्याउनुहोला। भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
कन्या : आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ। कुनै कारणवश रोकिएको कामले गति लिन सक्छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला। मित्रबाट सहयोग जुट्नेछ। भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
तुला : चलाखीपनले कार्यसिद्ध हुनेछ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। प्रणय सम्बन्धको लागि समय राम्रो छ। सेयर बजारबाट लाभ लिन सकिन्छ।भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
वृश्चिक : मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वाहन लाभ हुने समय छ। वैदेशिक कार्य कमजोर रहनेछ। मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ। भाग्यशाली रङ खैरो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। साँझमा कुनै समाचारले मन खुसी रहला। भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।
मकर : समस्या आइलागे पनि समस्याको हलसमेत निस्कनेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। प्रवचन, भाषण आदिमा प्रशंसा मिल्नेछ। नयाँ र शुभ कार्यको योजना बन्नेछ। सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ। भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ५९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ : भाग्यले विभिन्न अवसर जुराउनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। बहुप्रतीक्षित काममा सफलता हात पर्न सक्छ। कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन्। भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मीन : सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सामाजिक कामबाट सफलता पाइनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। भाग्यशाली रङ आकासे र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
प्रतिक्रिया