तपाईको आज अर्थात् २०८१ फागुन ४ आइतबारको राशिफल

तपाईको आज अर्थात् २०८१ फागुन ४ आइतबारको राशिफल


आज आइतबार, ४ फागुन २०८१ (१६ फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: समस्या दर्साउँदा सुखदुखमा साथ दिनेहरू भेटिनेछन्। मनमा हर्ष, उमंग र उत्साह छाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रविधि मार्फत टाढाका परिवारजनसँग भेटघाट हुनेछ। भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत रहेको छ। यस्तै स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।

वृष: यात्राका विशेष अवसर मिल्ने छन्। मान सम्मान बढ्नुका साथै शरीर स्वस्थ रहनेछ। रमणीय र सुखद् यात्राको योग छ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्ला।
भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत रहेको छ। यस्तै स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्राको योग नगर्ने।

मिथुन: स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। गोपनीय ढंगले गरिएको काममा सफलता पाउनुहुनेछ। ज्ञान विज्ञानमा वृद्धि हुनेछ। अधिकार पाउन गरेको प्रतिस्पर्धामा विजयी भइनेछ।भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत रहेको छ। यस्तै स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

कर्कट: सहकर्मीबाट विरोध आउला। सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ। आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नहोला। मनमा दुबिधा उत्पन्न हुन सक्छ। काम बिगार्न चाहनेहरू सक्रिय हुनेछन्। भाग्यशाली रङ आकाशे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत रहेको छ। यस्तै स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

सिंह: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रेमसम्बन्धका लागि श्रेष्ठ समय रहेको छ। प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन्। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। भाग्यशाली रङ सेतो र अंक ४८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत रहेको छ। यस्तै स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या: रोकिएका अधुरा कामहरू पूरा हुनसक्छ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। विवेकको प्रयोग गर्न सके दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१,
प्रतिशत रहेको छ। यस्तै स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।

तुला: दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला। अधिकार पाउन संघर्ष गर्नुपर्ला। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्। भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत रहेको छ। यस्तै स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक: नयाँ जिम्मेवारी पाइएला। आफन्त र मित्रवर्गको सहयोग पाइनेछ। खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएका कार्यमा सफलता मिल्ला।भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत रहेको छ। यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।

धनु: बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। आत्मबल बढ्ने र प्रेममा सम्बन्धमा माधुर्यता छाउनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने छ। धन सञ्चयको अवसर प्राप्त होला। स्वास्थ्यप्रति बढी सजगता अपनाउनु पर्ला। भाग्यशाली रङ पहेँलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत रहेको छ। यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्राको योग नगर्ने।

मकर: दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ। रोकिएको धन हात पर्ला। पुरानो समस्या सुल्झाउन सकिनेछ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत रहेको छ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

कुम्भ: काम बिगार्नेको सक्रिय रहन सक्छन्। नियमित खर्चसमेत बढ्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मान्यजनको सुझाव अप्रिय लाग्ला। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु नै उचित होला। वैदेशिक कार्यमा अघि बढ्नेछ। भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत रहेको छ। यस्तै स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छल कपट नगर्ने।

मीन: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ। साँझमा कलहको योग छ। आफूलाई कमजोर भएको अनुभूति होला।भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत रहेको छ यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।