काठमाडौ। महानगरपालिका-३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्पअगाडि आज (शनिबार) बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार बिहान ४:३० बजे प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई रा १ ख २६२२ नम्बरको टिपरले ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको हो। उपचारका क्रममा बिहान ५:३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक बोहराका अनुसार ठक्कर दिएर गौशालातर्फ भागेको टिपर खोजतलासका क्रममा विमानस्थलको कार्गो क्षेत्रमा फेला परे पनि चालक अझै फरार छन्।
प्रतिक्रिया