काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर सोमबारदेखि सेवा निवृत्त हुँदैछन् । २०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् ।
कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि एकसाथ अवकाशमा जाँदै छन् । उनीहरूकै ब्याचमेट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि आजैदेखि अवकाश हुन लागेका छन् ।
टेक प्रसाद राई कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएर आईजीपीको प्रतिस्पर्धामा थिए । सो ब्याचका श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले यसअघि नै अवकाश पाइसकेका छन् । जनक भट्टराई केही दिनअघि मात्र एआईजीमा बढुवा भएका हुन् ।
प्रतिक्रिया