सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

आज सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो आइतबार तोलाको २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।