काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डा अच्युत वाग्ले नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वाग्लेलाई नियुक्त गरेका हुन्। प्रधानमन्त्री कार्यालयबाट भर्खरै नियुक्तिपत्र प्राप्त गरेको डा वाग्लेले पुष्टि गरे।
गत माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए। यसअघि उनी विश्वविद्यालयको रजिस्ट्रार थिए। २०७९ असोज २ गते उनलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रजिस्ट्रार नियुक्त गरेका थिए।
प्रतिक्रिया