महाराजगञ्ज नर्सिङ क्याम्पसमा ४६० मत खस्यो

महाराजगञ्ज नर्सिङ क्याम्पसमा ४६० मत खस्यो


काठमाडौँ- महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनमा १ बजेसम्म ४६० मत खसेको छ । क्याम्पसमा ५२९ मतदाता रहेका छन् ।

अनेरास्ववियु र नेविसंघबीच मुख्य प्रतिस्पर्धा भइरहने यो क्याम्पसमा दुवै विद्यार्थी संगठन विरासत जोगाउने र भत्काउने योजनाअनुसार मैदानमा उत्रिएका छन् ।

नेकपा एमाले निकट अनेरास्ववियु मनकुमारी बुढाको नेतृत्वमा चुनावमा उत्रिएको छ भने काँग्रेसको नेविसंघले बिन्दु पोखरेललाई अघि सारेको छ ।

महाराजगञ्ज नर्सिङ क्याम्पसमा यसअघि निरन्तर अनेरास्ववियुले जीत हासिल गर्दै आएको छ । यो संगठन आफ्नो विरासत कायम नै राख्ने रणनीतिमा छ भने नेविसंघ किल्ला तोड्ने कसरतमा लागेको छ ।