थापाथली क्याम्पसमा नेविसंघका खड्का निर्वाचित

थापाथली क्याम्पसमा नेविसंघका खड्का निर्वाचित


काठमाडौं- थापाथली क्याम्पसको स्ववियु अध्यक्षमा प्रह्लाद खड्का निर्वाचित भएका छन् ।

नेविसंघबाट उम्‍मेदवार बनेका खड्का क्याम्पसको स्ववियु अध्यक्षमा विजयी भएको क्‍याम्पस प्रमुख खेम ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार स्ववियुको सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्ष नेविसंघका ऋषिकेश प्रजापती निर्वाचित भएका हुन् ।

उनले मतगणना सकिए पनि आधिकारिक घोषणा हुन भने बाँकी रहेको बताए ।