दुई जना एसपीलाई दर्ज्यानी चिह्न प्रदान

दुई जना एसपीलाई दर्ज्यानी चिह्न प्रदान


काठमाडौँ । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट बढुवा भएका दुई जना अधिकृतलाई प्रहरी उपरीक्षक (एसपी)को दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

एसपीमा बढुवा भएका रवीन कार्की र ज्ञानेन्द्र बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा र अतिरिक्त महानिरीक्षक सुदीप गिरीले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।