काठमाडौ ।काठमाडौं महानगर पालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले सहरी विकास मन्त्री प्रकाशमान सिंह माथि प्रश्न गरेका छन् । शाहले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रहेको भन्दै प्रश्न गरे । उनले आफूलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र, र देश नहराउन समेत अनुरोध गरेका छन् ।
‘माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंहज्यु, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रह्यो । कहिले गर्ने हो ?’ बालेनले भनेका छन्, ‘मलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला।’ यति मात्र होइन बालेनले गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन पनि भनेका छन् । काठमाडौं महानगरका अध्यक्ष बालेन्द्र शाह र कांग्रेस एमालेबीच पटक–पटक विभिन्न मुद्दामा विवाद रहँदै आएको छ । सिंहले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा जितेका छन् । उनी ०७९ मा पनि त्यही ठाउँबाट सांसद भएका थिए ।
प्रतिक्रिया