प्लाई उद्योग आगलागी घटना : ३० घर जोखिममा

प्लाई उद्योग आगलागी घटना : ३० घर जोखिममा


दाङको घोराही उपमहानगरपालिका-९ स्थित ७ बिगाह क्षेत्रफलमा रहेको साङ्ग्रिला प्लाई उद्योगमा सोमबार बिहान १ बजेबाट लागेको आगलागी नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी र वारुणयन्त्रको टोली । दाङसहित छिमेकी जिल्ला बाँके, कपिलवस्तु, बर्दियाबाट समेत दमकल आएर आगो निभाउन प्रयास गरेपनि अझै आगलागी नियन्त्रणमा आउन सकेको छैन । तस्बिर: कुलदीप न्यौपाने/ रासस

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौं रुपैयाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन् । ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको उनले बताए ।

आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ । उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।

अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगो निभाउन ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन् ।