आज विक्रम संवत २०८१ साल चैत्र १३ गते, बुधबार । ईश्वी सन् २०२५ मार्च २६ तारिख । नेपाल संवत् ११४५ ।
मेष : सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेकोछ । रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैत्रिक धन सम्पत्ति हात लागि हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।
बृष : व्यवसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी लाभ लिन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ । शेयरबजारमा सुझबुझका साथ लगानी गर्नुहोला ।
मिथुन : बिहानको समय मध्ययम रहेकाले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकाले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।
कर्कट: बिहानको समय राम्रो रहेकाले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले आफन्त तथा चेली माइतीबीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ, सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्नीबीच दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
सिंह : पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा विभिन्न मनमोहक दृष्यहरु मन मुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यवसाय अगाल्नेहरुले सामान्य धन आर्जन गर्न सक्नेछन् । सबैजना सहभागी हुने व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् ।
कन्या : मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईं आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंक्तिमा तपाईंको नाम आउने तथा विजयको योग रहेकोछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।
तुला : रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाइने हुँदा पन प्रशन्न रहनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेकोछ ।
बृश्चिक : बिहानको समय राम्रो रहेकाले आफन्त, दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्रा तय गर्न सकिनेछ । उत्पादनमूखि व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चिनेहरुका लागि समय मध्ययम रहेकोछ ।
धनु :तपाईंले शुरु गरेको काममा आफन्त तथा दाजुभाइको सहयोग तथा समर्थन पाइनेछ । व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । विवादित विषयहरु तपाईं आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई पछि पार्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ ।
मकर : नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक वस्तुहरु जोड्न सकिनेछ । सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरुका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन, उत्तम बस्त्र तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेकोछ ।
कुम्भ : अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेकोछ । राजनीतिमा पद प्राप्तिको योग रहेकोछ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।
मीन : बिहानको समय उत्तम रहेकाले बैकिङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट साथीभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन ।
प्रतिक्रिया