काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रका बहुप्रतिभाशाली लोकप्रिय सर्जक कस्तुप पन्तको उत्कृष्ट शब्द सिर्जनामा आधारित नयाँ गीत ‘चोटै चोटको जिन्दगी’ भर्खरै सार्वजनिक भएको छ।
लोक तथा आधुनिक दुवै विधामा अब्बल सर्जक मानिने पन्तले आफ्नो पछिल्लो गीतमा माया–प्रेममा विछोड भोग्ने प्रेमीहरूको कथा प्रस्तुत गरेका छन्। गीतका शब्दहरू भावनात्मक छन् भने संगीत पनि उत्तिकै सुमधुर छ।
प्रताप दास र अनु चौधरीको आवाजमा सजिएको यस गीतमा पछिल्लो समयका चर्चित संगीत संयोजक रमेश सेञ्चुरीले संगीत संयोजन गरेका छन्।
रामजी लामिछानेको निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा विक्रम बुढाथोकी, रोशनी कार्की र सुधिर श्रेष्ठले अभिनय गरेका छन्। गीतलाई सारथी म्युजिकले बजार व्यवस्थापन गरेको छ।
प्रतिक्रिया