प्रधानमन्त्री ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

प्रधानमन्त्री ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा


काठमाडौं – प्रमुख तीन दलका शीर्ष नेता एकै मञ्चमा उभिएका छन्।

नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको समुद्घाटन कार्यक्रममा तीन शीर्ष नेता एकै मञ्चमा उभिएका हुन् ।

एभरेष्ट होटल, नयाँ बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।