समाजवादी मोर्चाको प्रदर्शनमा नजाने भए झलनाथ खनाल, कारण कठोर छ

समाजवादी मोर्चाको प्रदर्शनमा नजाने भए झलनाथ खनाल, कारण कठोर छ


काठमाडौं– काठमाडौंको प्रदर्शनी मार्गमा सरकारका बेथिति र गणतन्त्र बिरोधीविरुद्धको शक्ति प्रदर्शन गर्न लागेको समाजवादी मोर्चाको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अनुपस्थित हुने भएका छन्।

खनाल आबद्ध पार्टी मोर्चाको एउटा घटक हो।

बेथिति एवम् भ्रष्टाचारविरूद्ध गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सभा गर्दैछ।

त्यसअघि मोर्चाघटक दलहरूले विभिन्न ठाउँबाट जुलुसको नेतृत्व गर्नेछन्। जुलुसको अगुवाइ गर्न चार वटा पार्टीलाई विभिन्न ठाउँ निर्धारण गरिएको थियो।

एकीकृत समाजवादीको जुलुस मैतीदेवी र शान्तिवाटिकाबाट निस्कने रुट तयार पारिएको थियो। खनाल नजानुको कारण भने कठोर नै रहेको बताइन्छ। खनाल आफैंले भनेअनुसार उनलाई बोल्नका लागि मञ्च नदिने भएपछि अनुपस्थित हुन लागिएको हो।

सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले बोल्ने कार्यक्रम छ।