समाजवादी मोर्चाको सभामा ४ नेताले सम्बोधन गर्ने

समाजवादी मोर्चाको सभामा ४ नेताले सम्बोधन गर्ने


काठमाडौं- समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा गर्न लागेको प्रदर्शनमा ४ जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

मोर्चामा आवद्ध दलका शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द विप्लव र महेन्द्र राय यादवले सभालाई सम्बोधन गर्ने भएका हुन् । मोर्चाले उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सुरु गरेको छ ।

जुलस काठमाडौंको भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ । भृकुटीमण्डपमा सभाका लागि मञ्च तयार भइसकेको छ ।