प्रतिनिधिसभाको बैठक सर्‍यो

प्रतिनिधिसभाको बैठक सर्‍यो


sf7df8f}F, @( ebf} . /fli6«o ;efsf] a’waf/ a;]sf] a}7sdf ;xefuL ;f+;bx? . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ,  प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसोका लागि सरेको छ ।

सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको बैठक बस्ने समय परिर्वतसम्बन्धी सूचनामा ११ बजे बस्ने भनिएको बैठक दुई घण्टाका लागि सरेको हो ।

सूचनामा विशेष कारणले निर्धारित समयमा बस्ने नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्याशं बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण भएको उल्लेख छ ।