काठमाडौं – व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छ । प्रसाईमाथि लैङ्गिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायविरुद्ध गलत सूचना र घृणास्पद अभिव्यक्ति फैलाएको आरोप छ ।
उजुरीमा उनले समलिङ्गी विवाहबारे झूटो प्रचार गरेको र यो समुदायको कानूनी मान्यताको अपमान गरेको दाबी गरिएको छ। संस्थाले प्रसाईका अभिव्यक्तिको छानबिन, कानूनी कारबाही, र गलत सूचना रोक्न माग गरेको छ ।
सर्वोच्च अदालतले २०२३ मा समलिङ्गी विवाह दर्तालाई मान्यता दिएको आधारमा यो अभिव्यक्ति साइबर अपराध ऐनविपरीत भएको बताइएको छ ।
प्रतिक्रिया