काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को क्रान्ति गर्ने भनी धम्की दिएका छन्।
राजावादी आन्दोलनले तीनकुने रणमैदान भैरहेका बेला जबरजस्त हौसिएका प्रचण्डले राजावादीले वातावरणलाई धमिल्याउने मनसाय देखिएको बताए।
उनले भने,‘मण्डले अराजकताको सभा भएको छ।’
अमेरिकादेखि युरोपसम्मका चुनावी उदाहरण दिएका प्रचण्डले भने,‘घरमा आगो लगाएका छन्। प्रहरीमाथि ढुंगा प्रहार भएको छ। उनीहरुले एकाध मानिस मरुन् भनेर आतंक चाहेका छन्। नेपाली राजनीतिक दलको उदारतालाई कमजोरी नसम्झियोस्।’
सभामा ज्ञानेन्द्र शाहलाई चेतावनी दिँदै प्रचण्डले थपे,‘ज्ञानेन्द्रले अर्को गल्ती गरे भोग्न केही बाँकी रहँदैन। सामन्ती निरङ्कुशतावादीको सपना चकनाचुर हुनेछ।’
प्रतिक्रिया