काठमाडौँ । राजावादीहरूले नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कार्यालयमा आगजनी गरेका छन्।
आलोकनगरस्थित एकीकृत समाजवादीको मुख्यालयमा प्रदर्शनकारीहरू पसेर कागजात सडकमा ल्याउनुका साथै कार्यालय सचिवको कार्यकक्षमा आगो लगाएका हुन्।
‘प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा आगजनी गरिरहेका छन्। पार्टीका महत्त्वपूर्ण काजगात सडकमा ल्याएर जलाउनुका साथै कार्यालय सचिवको कार्यकक्षमा आगजनी गरेका छन्। अहिले त्यहाँ आगो दन्किरहेको छ,’ एक नेताले बताएका छन् ।
प्रतिक्रिया