कोटेश्वरको भाटभटेनीमा लुटपाट, बोलाउँदा पनि प्रहरी नआएको गुनासो

कोटेश्वरको भाटभटेनीमा लुटपाट, बोलाउँदा पनि प्रहरी नआएको गुनासो


काठमाडौं । प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट गरेका छन् । सुरक्षा गार्डलाई हातपात गर्दै प्रदर्शनकारीहरुले भाटभटेनी सुपरस्टोर भित्र पसेर लुटपाट मच्चाएका हुन् । लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरिएको थियो ।

सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको सञ्चालकको गुनासो छ । ‘३ः५८ बजे आईजीपीलाई फोन गरियो । तर अहिलेसम्म कोही आइपुगेन,’ स्रोतले भन्यो । सो समूहले भाटभटेनी सुपरस्टोरको भवनका सिसा फुटाएको छ भने तरकारीहरू जथाभावी फालिदिएका छन् । सो समूहले तीनकुने नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनी समेत गरेको छ ।

आक्रोशित समूहका व्यक्तिहरु कोटेश्वरका गल्ली–गल्ली हिँड्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ पनि अगाडि बढेका छन् । उनीहरुले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन् । यस्तै व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाएको छ ।