काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले पार्टी मुख्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ । राजावादी समूहको प्रदर्शनकारीहरुले आक्रमण गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा कडा पारिएको हो ।
यसअघि प्रदर्शनकारीहरुले एकीकृत समावादी पार्टीका कार्यालय तोडफोड साथै आगजनी गरिसकेका छन् भने अन्य व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा पनि तोडफोड भएको छ ।
आज पार्टी कार्यालयमा प्रेस चौतारीको नयाँ कार्यसमितिको सपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको थियो । प्रधानमन्त्रीले शपथ ग्रहण गराउने कार्यक्रम रहेकामा कार्यक्रमा प्रधानमन्त्री जान नसक्ने भएपछि निवर्तमान अध्यक्ष गणेश बस्नेतले शपद ग्रहण गराउने तयारी भएको बताइएको छ ।
प्रतिक्रिया