काठमाडौँ । काठमाडौँ र ललितपुर जोड्ने बालकुमारी पुलस्थित सीसीआरसी कलेज नजिकै आन्दोलनकारीले दुई वटा गाडी जलाएका छन् । त्यस्तै च्यासलबाट काठमाडौँतर्फको भागमा एउटा गाडी जलिरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
यसअघि बालकुमारीमा एउटा सरकारी जिप जलाएका थिए । गाडी आगजनी गरिएको क्षेत्रमा प्रहरी पुग्न सकेको छैन । नेपाली सेनाको बख्तरबन्द गाडी बालकुमारी पुलमा पुगेको छ ।
पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले गाडी आगजनी गरेका हुन् । प्रदर्शन नियन्त्रण बाहिर गएसँगै स्थानीय प्रशासनले काठमाडौँको तीनकुने हुँदै गौशाला, पुरानो बानेश्वर, शंखमुल र बालकुमारी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
प्रतिक्रिया