निवासमा भेटिएनन् दुर्गा प्रसाईं

निवासमा भेटिएनन् दुर्गा प्रसाईं


काठमाडौँ । दुर्गा प्रसाईं सम्पर्कविहीन भएका छन् । उनलाई पक्राउ गर्न भक्तपुरस्थित घरमा खोजी गर्दा प्रहरीले फेला पार्न नसकेको बताइएको छ ।

उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको खोजीमा जुटिरहेको छ । प्रहरी अधिकारीहरूका अनुसार प्रसाईंको खोजी तीव्र बनाइएको छ। शुक्रबार प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीहरूले तीनकुनेमा अराजकता मच्चाएपछि सरकारले प्रसाईलाई पक्राउ गर्न निर्देशन दिएको छ ।

उनले केहीबेर अघि भने सामाजिक सञ्जालबाट चुनौती दिदै जहाँ बोलाउछौँ त्यहि आउछु भनेका थिए । उनले भनेका थिए- मलाई पक्राउ गर्न प्रहरी आईरहन पर्दैन, जहाँ बोलाउछौ त्यही आउँछु । अब म थुनिएर आन्दोलन रोकिदैन किन कि दुर्गा अब व्यक्ती हैन बिचार हो, अभियान हो ।’