काठमाडौँको कर्फ्यु भोलि बिहान ७ बजेसम्मका लागि लम्बियो

काठमाडौँको कर्फ्यु भोलि बिहान ७ बजेसम्मका लागि लम्बियो


काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश भोली बिहान ७ बजेसम्म बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि आज राति १० बजेसम्म जारी गरेको कर्फ्यु आदेश भोलि विहान ७ बजेसम्मका लागि बढाएको हो ।

काठमाडौँ प्रशासनले कर्फ्यु लगाइएका स्थानमा गौशालादेखि एयरपोर्ट, गैरिगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटि पुल, कोटेश्वरबाट बालकुमारी पुल र बानेश्वर चोकदेखि शंखमुल पुलसम्म रहेका छन् भने गौशाला चोक देखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लगाइएको छ ।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको हो ।