काठमाडौं । सरकारले आज राजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाहरुको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।
शुक्रबार राती आकस्मिक रुपमा बसेको मन्त्रिपरिषदको बैठकले राजवादीको प्रदर्शनको क्रममा भएको घटनाको भर्त्सना गर्दै घटनामा संलग्नलाई कारवाहीको दायारामा ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
प्रतिक्रिया