तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्ने कांग्रेसको निष्कर्ष

तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्ने कांग्रेसको निष्कर्ष


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ । शनिबारपार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकका निष्कर्ष सुनाउँदै पूर्वराजा शाहकै निर्देशनमा उक्साहट भएको जिकिर गरे ।

‘राजावादीको नाममा जुन खाले गतिविधि हिजो भयो त्यसको समीक्षा भयो । गृहमन्त्रीज्यूले सम्पूर्ण घटना विवरण प्रस्तुत गर्नुभयो । त्यसपछि हामी के निष्कर्षमा पुगेका छौं भने । यद्यपि जुन घटना भए यसबारे हाम्रो पार्टीले आफ्नो दृष्टिकोण राखिसकेको छ । हिजोको घटनाको भत्र्सना गरेका छौं,’ प्रवक्ता महतले भने । एउटा निरंकुश शासनतर्फ लाने मनसायका साथ यो घटना कांग्रेसको निष्कर्ष छ ।