काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजेदेखि शुरु हुने भएको छ ।
यसअघि बुधबार कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले अवरोध गरेको बैठक विहिबार र शुक्रबार बस्दै नबसी स्थगित भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाएको विषयमा सोमबार बस्ने बैठकमा जानकारी गराउने सुचना संसद सचिवालयलाई गराएको हुनाले आजको बैठक संचालन हुनसक्ने देखिएको छ ।
प्रतिक्रिया